चीनको सफलता : मङ्गल ग्रहमा यान अवतरण गराउन सफल (भिडियोसहित)

काठमाडौं । चीनले फेरि अर्को सफलता हात पारेको छ । चीनले एउटा अन्तरिक्षयानलाई सफलतापूर्वक मङ्गल ग्रहमा अवतरण गराएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार ६ वटा चक्का भएको जुरोङ रोबट मङ्गल ग्रहमा अवतरण गरेको हो ।

जुरोङ रोबटले अवतरणका लागि सुरक्षा खोल, एउटा प्यारासुट र एउटा रकेट प्लेटफर्मको सहायता लिएको थियो । उक्त यानको तौल २४० किलो रहेको छ भने जुरोङ रोबटले सौर्य ऊर्जाबाट काम गर्छ ।

यो भिडियो हेर्नुहोस् : 

चिनियाँ राष्ट्रपति सी जिन्पिङले एउटा विशेष सन्देशमा उक्त अभियानको अद्वितीय उपलब्धिुका लागि बधाई दिएका छन्।

मङ्गल ग्रहको सतहको चिनियाँ यानले खिचेको एक तस्बिर

अर्को सफलता : 

निकै कठिन प्रकृतिको ठानिएको उक्त कामका कारण मङ्गल सतह छुने सो सफलतालाई एउटा उल्लेख्य उपलब्धि मानिएको छ।

बेइजिङ समय अनुसार उक्त यान शनिवार बिहान ७ बजेर १८ मिनेट जाँदा अवतरण गरेको थियो। अहिलेसम्म मङ्गल ग्रहमा अवतरण गर्ने सफलता अमेरिकाले मात्रै हात पारेको थियो।

यसअवतरणसँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने दोस्रो देश बनेको छ ।

जुरोङ

स्वचालित व्यवस्थापन : 

मङ्गल ग्रहसँग पृथ्वीको दूरी ३२ करोड किलोमिटर छ जसको अर्थ त्यहाँबाट रेडियो सन्देशहरू १८ मिनेट लागेर पृथ्वीसम्म आइपुग्छन्।

जसका कारण उक्त यान अवतरणका सबै तहहरू स्वचालित रूपमा व्यवस्थापन गरिएका थिए ।

Naming announcement

उसको वायुमण्डलमा प्रवेश, त्यसबाट झर्ने क्रम र अवतरणका रणनीतिहरूमा समेत त्यस्तै प्रक्रिया अपनाइएको थियो।

छनौट गरिएको अवस्थाका लागि एरोसेलमा ढाकिएको यान तिआन्वेन अर्विटरबाट झरेको थियो । जुरोङ रोबटले सौर्य ऊर्जाबाट काम गर्छ ।

  • तस्वीर-भिडियो एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?