प्रेसर कुकरले हानेर श्रीमतीको हत्या गर्ने थारु पक्राउ

लोकपथ
43.6k
Shares

काठमाडौं । रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

आफ्नै २५ वर्षीया श्रीमती बिमला परियार चौधरीको हत्या गरेको अभियोगमा शुद्धोधन गाउँपालिका-५ कुमारी बस्ने ३४ वर्षीय रामनारायण थारुलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका कारण थारुले मादक प्रदार्थ सेवन गरी बिमलालाई खाना पकाउने प्रेसर कुकरले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?