२०७८,असार,४,शुक्रवार

कुहिने फोहोरबाट मल उत्पादन


काठमाडौं । तनहुँ जिल्लाको व्यास नगरपालिकाले कुहिने फोहोरबाट प्राङ्गरिक मल उत्पादन गरेको छ । नगरपालिका–१० स्थित शिशुवा भतेरीमा दुई वटा खाडल खनेर कुहिने फोहोरलाई व्यवस्थापन गरेसँगै प्राराङ्गिक मल उत्पादन गरिएको हो ।

गत फागुन महिनादेखि उक्त स्थानमा कुहिने र रत्यौली नजिक नकुहिने फोहोर विर्सजन गरिदै आएको छ । बुधवार डोजरको सहायताले मल बाहिर निकाल्न थालिएको गौ संरक्षण तथा प्राङ्गरिक मल उत्पादन केन्द्रका अध्यक्ष एवं वडाध्यक्ष तुलसीराम सापकोटाले बताए । दुई वटा खाडल खनेर कुहिने फोहोर राखेर मल उत्पादन गरिएको उनले बताए ।

मल प्रयोग गरी सुपरनेपियर, इपिल इपिल, मठ, पारा, मकैचरी लगायतको उन्नत घाँस लगाउने योजना रहेको छ । उनले भने “गौ संरक्षण केन्द्रमा हाल ५५ वटा गाई रहेकोले घाँस उत्पादनको लागि ट्रयाक्टरले जोतेर घाँस रोप्न लागिएको छ ।” वडा नं २, ३, ४ र १ बाट दैनिक बाह्र टन फोहोर सङ्कलन हुने गरेकोमा करिब ४० प्रतिशत कुहिने फोहोर रहेको नरपालिकाका वरिष्ठ अधिकृत कुमारकञ्चन जिसीले जानकारी दिए ।

कुहिने फोहोरबाट भतेरीमा बायोग्याँस प्लान्ट जडान गरी विद्युतसमेत उत्पादन गरिसकिएको उनले बताए । छाडा चौपाया जथाभावी छाड्दा सवारी दुर्घटना वृद्वि हुन थालेपछि नगरपालिकाको सक्रियतामा गौ संरक्षण केन्द्र स्थापाना गरिएको हो । केन्द्रमा गाई ब्याएपछि स्थानीय विपन्न परिवारलाई सुपथ मूल्यमा प्रदान गर्ने योजना रहेको वडाध्यक्ष सापकोटाले बताए ।

 

प्रकाशित मिति: २०७८,जेष्ठ,१,शनिवार १०:४७


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८

काठमाडौं । पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा

लमजुङ । लमजुङमा उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा

मनाङ । अविरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रवार (आज) मनाङका विभिन्न