२०७८,असार,४,शुक्रवार

निकुञ्जमा मारिएका कर्मचारीको नामबाट छावाको नामाकरण


काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीका नामबाट राखिएको छ । एघार दिनअघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रवार “शेषचन्द्र गज” राखिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ साल असोज ९ गते कामकै सिलसिलामा हिँडेका निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीलाई तस्करले गोली हानी हत्या गरेका थिए ।

उनी ठोरीको दिवानगर पोष्टमा कार्यरत रहँदा बगइको जङ्गलमा गोली हानिएको थियो । निकुञ्जले संरक्षण शहीद घोषणा गर्नुपर्ने माग गरिरहेका चौधरीका सम्झनामा छावाको नाम राखिएको बरालले जानकारी दिए । चौधरीका स्मृतिमा माडी ठोरी हुलाकी सडकको निकुञ्ज क्षेत्रमा पार्टी र चौतारी बनाइने योजना रहेको बरालले जानकारी दिए ।

प्रकाशित मिति: २०७८,जेष्ठ,१,शनिवार १०:४५


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८

काठमाडौं । पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा

लमजुङ । लमजुङमा उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा

मनाङ । अविरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रवार (आज) मनाङका विभिन्न