कांग्रेस उपसभापति गच्छदार पत्नी निर्मलाको निधन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको निधन भएको छ ।

गच्छदार पत्नी निर्मलाको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको जनाईएको छ ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोईराला लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता र अन्य पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?