२०७८,असार,४,शुक्रवार

हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर ल्याईयो


हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा स्थित हेटौँडा अस्पतालमा शुक्रवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ ।

अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो उपकरण ल्याइएको हो ।

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ । यो लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीका लागि प्रयोग गर्न सकिन्छ । यसले एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन उपलब्ध गराउन सक्छ।

उनकै पहलमा छिमेकी जिल्लाबाट केही थान अक्सिजन सिलिण्डर आइपुगेको छ । थप सिलिण्डरहरु आउने बताइएको छ ।अस्पतालमा अक्सिजनको कमी भएर सङ्क्रमितको ज्यान जाने अवस्था सृजना भएपछि मुख्यमन्त्री पौडेल दिनभर अक्सिजनको व्यस्थापन कार्यमा लागेका थिए ।

नीजि अस्पतालले विरामी उपचार गर्न नसक्ने

बागमती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालीत चुरेहिल हस्पिटल प्रा.लि र मकवानपुर सहकारी अस्पतालले कोभिड १९को बिरामी उपचार गर्न नसक्ने जानकारी गराएको छ । दुवैले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड सङ्क्रमितको सङ्ख्या बढ्नु र अक्सिजनको सिलिण्डर अभाव भएकाले उपचार गर्न नसक्ने जनाएको हो ।

प्रकाशित मिति: २०७८,जेष्ठ,१,शनिवार ०९:०७


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बागमती । बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्दार निर्देशक समितिको आजको बैठकले प्रदेशको १३ वटै जिल्लामा बाढीपहिरोबाट प्रभावित परिवारको उद्दार,

बागमती । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाइएको

बागमती । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरे । प्रदेश सभाको आजको

मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले जनताप्रति जिम्मेवार हुँदै कोरोना सङ्क्रमितहरुलाई तत्काल प्रदेशका १३