सिरी-ए : आज ‘महाभिडन्त’, विजेता इन्टर मिलान युभेन्टससँग भिड्दै

काठमाडौं। इटालियन ‘सिरी-ए’मा आज युभेन्टस र इन्टर मिलान आमने सामने हुँदै छन्।

युभेन्टस को घरेलु मैदान ‘आलियान्ज एरिना’मा नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुने खेलमा यी दुई ‘महारथी’ प्रतिस्पर्धा गर्दै छन्।

इन्टर मिलानले यो सिजन सिरी-एको उपाधि आफ्नो पक्षमा पारिसकेको छ। उता पूर्व विजेता युभेन्टस भने ‘टप ४’ मा पर्न सकस गरिरहेको अवस्था छ।

लिगमा मात्र २ खेल बाँकी रहँदा युभेन्टस ७२ अंकका साथ अंक तालिकाको ५औं स्थानमा छ। ‘टप ४’ को यात्रा कायम गर्न युभेन्टसलाई जितको नतिजा अपरिहार्य छ।

उता विजेता इन्टर मिलान भने युभेन्टसमाथि ‘लिग डबल’ गर्ने उद्देश्यका साथ मैदानमा उत्रने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?