कस्तो रहनेछ आजको मौसम ?

लोकपथ
98
Shares

काठमाडौं । आज दिउँसो देशका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहने र बांकी भु–भागहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

त्यसैगरी राति देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागहरुमा आंशिक बदली रहने तथा प्रदेश नं १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्व भू–भाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?