ओली – नेपाल वार्ता : जेठ २ अघिको कुरालाई आधार मानेर छलफल अगाडी बढाईने

लोकपथ
153.1k
Shares

काठमाडौं । नेकपा(एमाले) भित्र देखिएको विवादलाई समाधान गर्न २०७५ साल जेठ २ गते अगाडीको कुरालाई आधार मानेर अरु छलफल अगाडी बढाउने सहमती भएको छ ।

शुक्रबार साँझ सिंहदरबारमा करिब ३ घण्टा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल लगायत पार्टीका दोस्रो तहका नेताहरु सहित बसेको बैठकले पार्टीको एकतालाई कायम राख्न र पार्टीलाई अगाडी बढाउनको लागि २०७५ साल जेठ २ गतेभन्दा अगाडीको कुरालाई आधार मानेर अरु छलफलहरु अगाडी बढाउने सहमती भएको नेता भिम रावलले बताए ।

‘हामीले हाम्रो पार्टीको एकतालाई कायम राख्न र त्यसलाई पार्टीलाई अगाडी बढाउनको लागि गम्भिरतापूर्वक छलफल गर्यौँ ।’ नेता रावलले भने, ‘त्यसको लागि २०७५ साल जेठ २ गतेभन्दा अगाडीको कुरालाई आधार मानेर अरु छलफलहरु अगाडी बढाउने कुरा भयो र त्यो प्रयोजनका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदलका सदस्यहरुका नाम तय गर्ने कुरा भएको छ र फेरी तुरुन्तै कुराकानीलाई अगाडी बढाउने कुरा भएको छ ।’

एमाले नेता रघुजी पन्तले पनि पार्टीलाई एकताबद्ध बनाउने विषयमा बैठकमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको प्रतिक्रिया दिए । उनले भने, ‘आज सौहार्दपूर्ण वातावरणमा छलफल भयो । पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भयो ।’
विभाजनको संघारमा पुगेर रोकिएको एमालेभित्र माधव नेपाल समुहले २०७५ जेठ २ गते अघिको पार्टी संरचनालाई ओलीले नब्युताए राजिनामा दिने सम्मको चेतावनी दिदैँ आएका थिए । हिजो ओलीले माग पुरा गर्ने संकेत दिएपछि राजिनामा रोकिएको थियो ।

एमालेभित्र यस प्रकारको वार्तालाई सकारात्मक रुपमा हेरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?