नेपाल कोरिया अस्पतालबाट अक्सिजन उत्पादन

RSS
105
Shares

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आज बेलुकादेखि अक्सिजन उत्पादन शुरु गरेको छ ।

नगरपालिकाको ६५ लाख रुपैयाँको लगानीमा चीनबाट ल्याइएको प्लान्ट जडान गरी अक्सिजन उत्पादन शुरु गरिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्टले अब अस्पतालका सघन उपचार कक्ष, हाइकेयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीलाई पाइपमार्फत अक्सिजन पु¥याउने जनाइएको छ । अहिले दैनिक ९० सिलिण्डर अक्सिजन खपत भइरहेकामा अब ३० सिलिण्डर अक्सिजन मात्रै बाहिरबाट ल्याए पुग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?