कोरोना संकटमा राष्ट्र बैंक : स्वास्थ्य सामाग्री सोझै ड्राफ/टिटिमार्फत ल्याउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबाट स्वास्थ्य सम्बन्धी सामाग्री ड्राफ/टिटिमार्फत सोझै ल्याउन सकिने व्यवस्था गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमण बढेसँगै अक्सिजनको चरम अभाव हुन थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्राटर्स, अक्सिजन ट्यांक, अक्सिजन जेनेरेटर, अक्सिजन मेनुफेक्चरीङ प्लान्ट, अक्जिन डेलीभरी एशेसरीज वा अक्सिजन सम्बन्धी सामाग्री तथा भेन्टिलेरका सामान लगायत आयात गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार कोरोना न्युनिकरणका लागि आयात गरिने यस्ता स्वास्थ्य सामाग्री अमेरिकी डलर १ लाख सम्म ड्राफ÷टिटिको माध्यमबाट आयात गर्न सकिनेछ । अमेरिकी डलर १ लाख भन्दा बढीको आयात गर्नु परेमा स्वास्थ्य सेवा विभागको स्वीकृति आवश्यक पर्नेछ ।

राष्ट्र बैंकले राष्ट्रिय महाविपत्तिको रुपमा रहेको कोरोनाको दोस्रो लहरको जोखिम न्युनिकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले ती सामाग्री आयात गर्दा २०७८ असार मसान्त सम्मका लागि साविकका प्रावधानहरु ड्राफ÷टिटिको सीमा हटाएको छ । त्यसका साथै विजनेश क्रिडिबिलिटी इन्फरमेशन(विआइसी) लिन नपर्ने व्यवस्था गरेको छ । त्यसका साथै सो सामाग्री आयात गर्दा स्वास्थ्य सेवा विभागको सफिारिस समेत लिन नपर्ने व्यवस्था गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?