बादलले गरे छोटो समयमा तीन पटक गृहमन्त्रीको पदभार ग्रहण (तस्वीरहरु हेर्नुहोस्)

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले आज तेस्रो पटक आफ्नो पदभार ग्रहण गरेका छन् ।

बादलले छोटो समयमा नै तीन पटक पद बहाली गर्न सफल भएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणपछि बादल सिंहदरबार पुगेर मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

बादल माओवादीको एमालेसँग एकीकरण हुने क्रममा पहिलो पटक उनी गृहमन्त्री नियुक्त भएका थिए । त्यस्तै पार्टी अलग अलग भएपछि माओवादी केन्द्र छोड्दै एमालेमा बसेका थिए ।

पार्टी विधान विपरित काम गरेको भन्दै बादललाई माओवादीले राष्ट्रिय सभा सदस्यबाट हटाएपछि निष्काशन
गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।

त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेताको हैसियतमा बादललाई गृहमन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । त्यसलगत्तै राष्ट्रपतिले बादललाई गृहमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?