नेपालमा थप ६ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त

लोकपथ
390
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कूल संक्रमितमध्ये ३ लाख २७ हजार ६५३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।

२१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर परिक्षणबाट ८४६७ तथा एन्टीजेन परिक्षणबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २ सय ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?