सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट

RSS
728
Shares

काठमाडौं । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आइपिओ बाँडफाँट गरेको हो ।

कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा १७ लाख ३३ हजार ९४९ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १६ लाख ८५ हजार ६२७ जनाको आवेदन योग्य भएको बिक्री प्रबन्धक सनराइज क्यापिटकले जनाएको छ ।

आवेदन दिएकामध्ये चार हजार ४४२ जनाको आवेदन रद्द भएको छ । त्यस्तै कूल आवेदकमध्ये १४ लाख तीन हजार ४६४ आवेदकको हात खाली भएको क्यापिटलले जनाएको छ ।  १६ लाख ८५ हजार ६२७ जनालाई गोलाप्रथामा सहभागी गराई दुई लाख ३४ हजार १९५ जनाले शेयर १० कित्ताका दरले पाएका छन् । दुई लाख ३४ हजार १९५ जनामध्ये चार जनाले भने ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीले रु २५ करोड १८ लाख २३ हजार बराबरका २५ लाख १८ हजार २३० कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो । त्यसमा दुई प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी २३ लाख ४१ हजार ९५४ कित्ता अन्य सर्वसाधारणमा बाँडफाँट गरिएको थियो ।

आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?