राजपा नेपालको पार्टी कार्यालयमा तालाबन्दी

इनरुवा, २० असोज ।सदरमुकाम इनरुवामा रहेको राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा उसैका कार्यकर्ताले शुक्रबार तालाबन्दी गरेका छन् ।पार्टीमा एकपक्षको हैकम चलेको र कायममुकायम अध्यक्ष रघुनाथ मेहता हुँदाहुँदै अर्कालाई कार्यबाहकको जिम्मा दिएपछि असन्तुष्ट बनेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासी प्रमोद मेहताले जानकारी दिए ।राजपाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष महेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले तालाबन्दी गरेको हो । जिल्लाको सहमतिबिना केन्द्रले गर्ने निर्णय नमान्ने र विधान विपरीत गरेको काम नसच्याएसम्म तालाबन्दी जारी राख्ने नेता विनोद पालले जानकारी दिए ।वडा कार्यालयको ताला खुल्योसुनसरीको गढी गाउँपालिकाको ४ नं वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।वडा कार्यालयमा लगाइएको ताला गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवको आश्वासनपछि खुलेको बताइएको छ । राहतको विषयलाई लिएर केही स्थानीयवासीले लगाएको ताला बिहीबार साँझ खुलाइएको वडा कार्यालयले जनाएको छ ।वडाध्यक्ष रामचन्द्र मेहताले वडा कार्यालयमा लागेको ताला खुलेको र आफूले सबैलाई समानरुपमा सेवा दिँदैआएको जानकारी दिएका छन ।––– 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?