भारतका सुपरस्टारहरुले कसरी मनाउँदैछन् ईद ? तस्वीरमा हेर्नुहोस्

लोकपथ
273
Shares

काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज विश्वभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाउँदै छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

यैसैबीच भारतका अभिनेता र अभिनेत्रीहरु ईद मनाइरहेका छन् । भारतका सुपरस्टारहरु कोरोना भाइरसका कारण स्वास्थ्य मापदण्ड अपनाउदै ईद मनाइरहेका छन् ।

कसले कसरी ईद मनाइरहेका छन् ?

क्याटरीना कैफ :

क्याटरीना कैफले पनि ईद मनाईन् । उनले सलमान खानको ईद पार्टीमा देखिएकी थिइन् ।
हेर्नुहोस् तस्वीर:

क्याट्रिना कैफ

आमिर खान :

आमिर खान

आमिर खान प्राय ईद आफ्नै परिवारसँग मनाउने तरेका छन् । कोररोनाको महामारीकाबीच उनी आफ्नै परिवारसँग ईद्य मनाइरहेका छन् । उनले आफ्नो परिवारसँगको तस्व्रि सेयर गरेका छन् ।

शाहरुख खान :

शाहरुख खान

बलिउडका बाद्शाह शाहरुख खानले ईद मनाउदै छन् । उनले कोरोनालाई ख्यालमा राखी आफ्ना फ्यानहरुलाई भेटेका छन् । हामी तस्वीरमा देख्न सक्छौं उनी आफ्नो छोरालाई बोकेर फ्यानहरु सामु लगेका छन् ।

शाहरुख खानलाई हेर्न मात्रै भनेर उनको घर अगाडी फ्यानहरुको भिड लाग्ने गर्दछ ।

सोनाक्षी सिन्हा :

सोनाक्षी सिन्हा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पनि इदमा एकदमै उत्साहित देखिन्छिन् । उनले आफ्ना साथिहरुको तस्वीर सेयर गरेकी छिन् ।

सलमान खान :

सलमान खान

बलिउडका अर्का स्टार सलमान खानले आफ्ना फ्यानहरुलाई हरेक ईदमा फिल्म गिफ्ट दिने गरेका छन् । प्रत्यक वर्ष ईदमा उनले फिल्म रिलिज गर्ने गरेका छन् । एस पटक उनले ईदमा राधे ओटीटीमा रिलीज भएको छ ।

उनले इदमा एउटा सानो पार्टी गरे जसमा सिमित स्टारहरुको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?