बजारमा आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा स्थिरता छाएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ६ सय रहेको थियो । आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार १ सय रहेको छ ।

बिहीवारको तुलनामा आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आएको छ । हिजो चाँदीको मूल्य १३ सय ३५ रहेको थियो । आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १३ सय ३० कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?