सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वनबीच साझेदारी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लिनिक वन काठमाडौं प्रा.लि. (Clinic One Kathmandu Pvt. Ltd.) बीच Covid 19 Pre and Post Service सम्बन्धी साझेदारी भएको छ ।

कोरोना महामारीको कारण उत्पन्न बिषम परिस्थितीमा सर्वसाधारणहरुको डाक्टर सम्म सहज पहुंच नपुगिरहेको बेला यस कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थ्य सम्बन्धी आवश्यक सहयोग पुर्‍याउने उदेश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर (Citizen Care) सुविधा अन्तर्गत क्लिनिक वनसँग उक्त सम्झौता गरेको गरेको हो ।

उक्त सम्झौता अनुसार यस कम्पनीसँग सम्बन्ध रहेका व्यक्तिहरुले उक्त क्लिनिकबाट पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुट शुल्कमा भुक्तानी गरि लिन सक्ने व्यवस्था गरीएको छ ।

कोभिड केयर सेवा मार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, ल््याब टेस्ट, घरमै पि.सि.आर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकता अनुसार औषधीको घरमा डेलिभरी र उपचारमा सहयोग आदि सुविधाहरु पाईनेछ । यसको लागी कम्पनीले चौविसै घण्टा सम्पर्क र सेवा लिनको लागि ज्यतष्लिभ फोन नं.को व्यवस्था समेत गरेको छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम अन्तर्गत अनलाइन मार्फत बीमा खरिद गर्न सकिने हालै व्यवस्था गरेकोमा सिटिजनकर्मीहरुको कोभिडको अवस्थामा स्वास्थ्य सेवाको लागी सिटिजन केयर कार्यक्रम संचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?