काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध संघर्षमा उत्रिन आव्हान गरेका छन् ।
शुक्रबार बिहान मुस्लिम समुदायको चाड इद–उल–फित्रको अवसरमा शुभकामना दिदैँ अध्यक्ष प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रहार भईरहेको भन्दै परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आव्हान गरेका हुन् । उनले कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन समेत सबैमा आग्रह पनि गरेका छन् ।
‘अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको छ ।’ उनले भने, ‘परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आव्हान गर्दै विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबैमा आग्रह पनि गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया