काठमाडौं । शुक्रबार (आज) प्रतिकेजी हरियो अंगुरको मूल्य २१० रुपैयाँ, अदुवा प्रतिकेजी ८५ रुपैयाँ र अम्बा प्रतिकेजी १९५ रुपैयाँ रहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार समितिले आजको लागि विभिन्न फलफूल तरकारीको मूल्य सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो ।
समितिका अनुसार लोकल काक्रो प्रतिकेजी ६५ रुपैयाँ, कागती प्रतिकेजी २१० रुपैयाँ र हरियो खुर्सानीको मूल्य ७५ रुपैयाँ रहेको छ ।
त्यसैगरी लोकल गाजर प्रतिकेजी ५५ रुपैयाँ, गान्टे मूला ५५ रुपैयाँ, ठुलो गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।
मूल्यसूची हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस् :
https://kalimatimarket.gov.np/#commodityPricesDailyTable
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया