२०७८,श्रावण,१०,आईतवार

राजपा नेपालको पार्टी कार्यालयमा तालाबन्दी

२०७४,आश्विन,२०,शुक्रवार १०:४०


इनरुवा, २० असोज ।सदरमुकाम इनरुवामा रहेको राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा उसैका कार्यकर्ताले शुक्रबार तालाबन्दी गरेका छन् ।पार्टीमा एकपक्षको हैकम चलेको र कायममुकायम अध्यक्ष रघुनाथ मेहता हुँदाहुँदै अर्कालाई कार्यबाहकको जिम्मा दिएपछि असन्तुष्ट बनेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासी प्रमोद मेहताले जानकारी दिए ।राजपाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष महेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले तालाबन्दी गरेको हो । जिल्लाको सहमतिबिना केन्द्रले गर्ने निर्णय नमान्ने र विधान विपरीत गरेको काम नसच्याएसम्म तालाबन्दी जारी राख्ने नेता विनोद पालले जानकारी दिए ।वडा कार्यालयको ताला खुल्योसुनसरीको गढी गाउँपालिकाको ४ नं वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।वडा कार्यालयमा लगाइएको ताला गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवको आश्वासनपछि खुलेको बताइएको छ । राहतको विषयलाई लिएर केही स्थानीयवासीले लगाएको ताला बिहीबार साँझ खुलाइएको वडा कार्यालयले जनाएको छ ।वडाध्यक्ष रामचन्द्र मेहताले वडा कार्यालयमा लागेको ताला खुलेको र आफूले सबैलाई समानरुपमा सेवा दिँदैआएको जानकारी दिएका छन ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार १०:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

त्रिविका रोकिएका परीक्षा आजदेखि
 २०७८,श्रावण,१०,आईतवार ०९:०८
जंगली च्याउ खाँदा बाबुछोराको मृत्यु
 २०७८,श्रावण,१०,आईतवार ०८:३४
कोरोना विरूद्धको खोप लगाउन ‘नयाँ नियम’
 २०७८,श्रावण,१०,आईतवार ०८:१२