काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा(एमाले)को पार्टी एकतालाई कायम राख्न एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् अध्यक्ष थापाले ओली र नेपाललाई मेन्सन गर्दै एमाले फुटको डिलबाट फर्केको भन्दै पार्टी एकता कायम राख्न आग्रह गरेका हुन् । उनले २०७४ सालमा देशी विदेशी शक्तिहरुले राप्रपा फुटाइदिएर परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भएको र आफुहरु बिस्तारै उठ्दै गरेको पनि उल्लेख गरेका छन् । ‘२०७४ मा देशी विदेशी शक्तिले राप्रपा फुटाई दिए, परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत् भयो । हामी विस्तारै उठ्दै छौँ ।’ अध्यक्ष ओली र बरिष्ठ नेता नेपाललाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘फुटको डिलबाट एमाले फर्केको छ, पार्टी एकता कायम राख्नोस् ।’
थापाले एमाले वाम झुकाव भएके प्रजातान्त्रिक दल भएकाले यो शक्ति कमजोर हुनुनहुने बताएका छन् । उनले भनेका छन्, ‘नाम÷काम जे भएपनि एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल हो । यो शक्ति कमजोर हुनुहुन्न ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया