प्रतिबन्धित खैरो हिरोइनसहित दुई पक्राउ

RSS
77
Shares

कञ्चनपुर । प्रतिबन्धीत लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापाचोकबाट पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका वर्ष ३० का असोक सुनार र सोही ठाउँका वर्ष २० का केशव चन्द रहेका छन् ।

पक्राउ परेका दुवै जनाको साथबाट ८ दशमलव ६९० ग्राम खैरो हिरोइन बरामद भएको छ । भारतबाट से४प ७५२७ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका बेला दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाईएको छ । एक हप्तामै सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरी लागु औषधसहित आठ जनालाई पक्राउ गरी सकेको छ ।

औषधि, स्वास्थ्य सामग्री, इन्धन बाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूर्ण रूपमा बन्द गर्ने र हरियो तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ स्थानीय तह र स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा बिहान ८ बजेभित्र घरघरमा होम डेलिभरी सेवा उपलब्ध गराउने सकिने निर्णय बिहिबार वसेको बैठकले निर्णय गरेको हो । बैठकले औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, अत्यावश्यक सेवा सञ्चालन बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरू स्थगन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?