‘सांसदको टाउको गन्ने दिन सकिए, प्रधानमन्त्रीज्यू संक्रमित घटाउनतिर ध्यान दिनुस्’

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिले केहि समयलाई सांसदको संख्या गन्ने काम रोकिने टिप्पणी गरेका छन् ।

राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै सांसद थापाले कोरोना महामारी नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् ।

ट्वीट गर्दै पूर्व मन्त्री समेत रहेका थापाले अब कोरोना संक्रमित र संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या घटाउन ध्यान दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?