धादिङको एमाले कार्यालयलाई आइसोलेसन बनाईने

धादिङ। कोभिड-१९ को नयाँ भेरियन्टको महामारीबाट जनतालाई बचाउन नेकपा एमालेले पार्टी कार्यालय समेत कोभिड अस्पतालका लागि उपलब्ध गराउने भएको छ ।

नेकपा एमाले धादिङका सचिव अर्जुन श्रेष्ठ गोर्खालीले पार्टीको सल्लाह बमोजिम नेकपा एमाले धादिङको कार्यालयलाई आइसोलेसन बनाउने सहमति भएको बताएका छन् ।

जनताहरु कोरोनाले थला परेको बेला पार्टी काम भनेको जनतालाई बचाउने भएकोले कोरोना संक्रमित बिरामी राख्ने आईशोलेसन बनाउन सरकारलाई पार्टी कार्यालय दिईने श्रेष्ठको भनाई छ ।

प्रधानमन्त्री केपी ओलीले पार्टी कार्यकर्ता र संगठनहरुलाई कोभिड विरुद्ध लाग्न निर्देशन दिएपछि एमालेले जिल्लाभर सचेतना अभियान समेत संचालन गरिरहेको र स्थानीय सरकारलाई समेत सघाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?