बाबुराम अझै भन्दैछन्- ‘सबैले आत्मसमिक्षा गरेर ओलीको विकल्प खोजौँ’

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आत्मसमिक्षा गरेर ओलीको विकल्प खोज्न आग्रह गरेका छन् ।

बहुमतको सरकार गठनको समय लगभग सकिएको अवस्थामा पनि डा.भट्टराईले पुनः ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिए ।
उनले भने- ‘अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं!’

त्यस्तै कोरोना महामारीबाट जनतालाई राहत दिनका लागि वैकल्पिक सरकार गठनका लागि प्रतिपक्षी दलहरु चुक्नु बिडम्बना रहेको समेत बताएका छन् । ओलीलाई सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर भएको टिप्पणी गरे ।

उनले अघि भनेका छन्- ‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनस् चतुर सावित भएका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?