राष्ट्रपति कार्यालयले भन्यो- ‘७६ (२) बमोजिम सरकार गठनका लागि दाबी आएन’ (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठन गर्नका लागि दाबी गर्न कोही पनि नआएको जनाएको छ ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुइ भन्दा बढी दलहरुलाई बहुमतको सरकार गठनको लागि दिएको समय सीमा सकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?