आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

लोकपथ
208
Shares

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको उडानले अर्को सूचना नआउञ्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरेको छ ।

प्राधिकरणका अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले बिहीवार एक सूचनामार्फत अर्को सूचना नआउञ्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरिएको बताएका हुन् ।

प्राधिकरणले मंगलवार दोस्रोपटक सूचना निकाल्दै नेपालबाट र नेपालका लागि हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडान जेठ १७ गते राति ११:५९ बजेसम्मलाई रोकेको छ ।

सरकारले वैशाख २० गतेदेखि आन्तरिक उडानमा रोक लगाएको थियो । तर प्राधिकरणले आन्तरिक रुटमा भने आपतकालीन उद्धार, कार्गो तथा हेलिकप्टर चार्टरलाई भने परिस्थिती अनुसार अनुमति दिइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?