क्रिस्टियानो रोनाल्डोको अर्को कीर्तिमानी, युभेन्टसका लागि १०० गोल

लोकपथ
234
Shares

काठमाडौं । युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए फुटबलमा क्लबका लागि कीर्तिमान बनाएका छन् ।

रोनाल्डोले युभेन्टसका लागि सर्वाधिक छिटो १०० गोल पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

बुधवार राति सासोउलोविरुद्ध ३-१ गोलको जित निकाल्दा रोनाल्डोले एक गोल गरेका थिए । उक्त गोलसँगै रोनाल्डोले युभेन्टसका लागि १०० गोल पूरा गरेका हुन् ।

रोनाल्डोले १ सय ३१ खेलमा एक सय गोलको कोशेढुंगा पूरा गरेका हुन् । रोनाल्डोले क्लब आएको तेस्रो सिजन क्लबका लागि १०० गोल गरेका हुन् ।

यस्तै रोनाल्डो तीन फरक क्लब र राष्ट्रका लागि १०० गोल पूरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

रोनाल्डोले म्यानचेस्टर युनाईटेड, रियल मड्रिडबाट खेल्दा पनि १०० गोल गरेका थिए ।

यस्तै रोनाल्डोले पोर्चुगलका लागि १०० गोल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?