माओवादी केन्द्रले भन्यो- ‘जसपा र नेपाल-खनाल समूहका कारण बहुमतको सरकार बनेन’

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल खनाल समुहका कारण बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउन नसकिएको जनाएको छ ।

विहिबार पार्टी कार्यालय पेरिशडाँडामा बसेको स्थायी समिति बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी संग मिलेर सरकार गठन प्रक्रिया अघि बढाउने कुरा भएपनि अन्तिम समय सम्म जसपाले निर्णय गर्न नसकेको ठहर गरेको हो । आफ्नै दलका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको नेपाल खनाल पक्षले पनि अन्तिम समयमा आएर धोका दिएको निष्कर्ष माओेवादी केन्द्रले निकालेको छ । बैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले आफुहरु कांग्रेस, जसपा र एमालेको नेपाल खनाल पक्षको निर्णय पर्खेर बसेको बताए ।

उनले भने, “नेपाली कांग्रेस नेकपा माओवादी र जनता समाजवादी पार्टीले संयुक्त प्रक्रिया अघि बढाउने र त्यसमा विश्वासका नदिनुभएका नेकपा एमालेमा माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको पनि नया सरकार गठनका सन्र्दभमा सकारात्मक दृष्टिकोण रहने विश्वास लिईएको थियो । तर अहिलेसम्म उहाँहरुले त्यसबारे निर्णय दिनुभएको छैन । त्यसैले नेपाली कांग्रेस, जसपा र हाम्रो पार्टी त्यसका लागि तयार हुँदा हुदै कमरेड झलनाथ खनाल र नेपाल पक्षको निर्णय पर्खेर बसेका छौ । उहाँहरुले निर्णय के दिनुहुन्छ स्पष्ट भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रियामा जाने सन्र्दभमा हाअीले औपचारीक रुपमा निर्णय गछौ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार निर्माणका लागि दिएको समय आजै राती ९ बजे सकिदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?