२०७८,असार,८,मंगलवार

उपप्रधानमन्त्री पोखरेलद्वारा कोरोना विरुद्धको लडाईंमा सरकारलाई साथ दिन आग्रह


काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्व लडाईंमा सरकारलाई साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीहरुको बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईंमा संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्न आग्रह गरे ।

राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उनले बताए । बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव समेत रहेका मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठको सहभागिता थियो ।

मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेशन केन्द्र संचालन गर्ने प्रस्ताव गरेको छ । यसैगरी, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहलकदमी लिने भएको निर्णय भएको छ ।

प्रकाशित मिति: २०७८,बैशाख,३०,बिहीवार १९:३२


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै

काठमाडौं । कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण

काठमाडौं । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै पछिल्लो

काठमाडौं । मंगलवार सर्वोच्च अदालतले दोस्रो पटक विस्तार गरिएको मन्त्रिपरिषद्लाई उल्ट्याइदिएको छ । त्यससँगै अब प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा ओलीसहित ५

सेनाद्वारा काठेपुल निर्माण
 २०७८,असार,८,मंगलवार १६:२४