कुन प्रदेशमा कति छन् आइसीयूमा ? (ताजा विवरण)

काठमाडौं । नेपालमा हाल १ हजार बढी आइसीयूमा रहेका छन् । स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार नेपालमा हाल १ हजार ३ सय ८१ जना आइसीयूमा रहेका छन् ।

कुन प्रदेशमा कति छन् आइसीयूमा ?

प्रदेश १              –    १८०
प्रदेश २              –    १७९
बागमती  प्रदेश             –   ६३८
गण्डकी  प्रदेश             –    ८८
लुम्बिनी  प्रदेश              –    १३६
कर्णाली  प्रदेश               –   ११०
सुदूरपश्चिम प्रदेश   –   ५०

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप २१४ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ४ हजार ४ सय ६६ पुगेको छ ।

मन्त्रालयमा अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ५५ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?