नेपालमा होम आइसोलेसनमा बस्नेको संख्या ९६ हजार नाघ्यो, कुन प्रदेशमा कति ? (विवरणसहित)

लोकपथ
273
Shares

काठमाडौं । नेपालमा हाल ९६ हजार बढी होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार नेपालमा हाल ९६ हजार ३ सय ७९ जना होम आइसोलेसनमा रहेका छन् ।

कुन प्रदेशमा कति छन् होम आइसोलेसनमा ?

प्रदेश १                 -७ हजार ९ सय १
प्रदेश २                -५ हजार ४ सय ९१
बागमती प्रदेश       -४८ हजार ५ सय ४१
गण्डकी प्रदेश       -७ हजार ८२
लुम्बिनी प्रदेश        -१९ हजार १ सय ९
कर्णाली प्रदेश        -३ हजार २ सय २८
सुदूरपश्चिम प्रदेश   – ५ हजार २७

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप २१४ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ४ हजार ४ सय ६६ पुगेको छ ।

मन्त्रालयमा अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ५५ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?