ओलीसँगको छलफलपछि नेपालले भने- ‘अब राजीनामा दुई चार दिनलाई टर्‍यो’

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ ।

चपलीस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा भएको सम्बादमा पार्टी भित्रको समस्याको विषयमा छलफल भएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दा नेता नेपालले पार्टी विवाद समाधानका लागि भएका समस्याहरु आ(आफ्नो तर्फबाट राखिएको जानकारी दिए ।

त्यस्तै गत वैशाख २६ गते ओलीलाई पठाएको पत्रमा सारिएको ६ बुँदे प्रस्तावका विषयमा समेत छलफल भएको उनले बताए । त्यस्तै पार्टीले गत वर्षको फागुन २८ गते गरेको निर्णय फिर्ता लिने विषयमा समेत छलफल भएको नेता नेपालले जानकारी दिए ।

‘छलफलमा फागुन २८ गते भएको निर्णय फिर्ता गर्ने । र सर्वोच्चको फैसला अनुरुप जेठ दुई गतेको अवस्थामा पार्टीलाई लैजाने । पार्टीलाई नयाँ ढंगले अघि बढाउनको लागि हामीले कुन तरिका अवम्बन गरिने हो भन्ने बारेमा छलफल जारी राख्ने कुरा भएको छ ।’ उनले भने- ‘अब राजीनामा दिने कुरा दुई चार दिनलाई टर्‍यो । मिल्ने दिशामा अगाडी बढ्न खोज्या छौँ । सहमतीको आधारमा टुंगो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?