नेपालमा संक्रमित र मृतकको संख्या उकालो लाग्दै : सबैभन्दा बढी कुन उमेर समूह प्रभावित ? (विवरणसहित)

लोकपथ
325
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको थियो । जसमध्ये १९ हजार ४ सय ७४ जनाको पीसीआर र ७ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ८ हजार ९ सय ६० जनामध्ये सबै भन्दा धेरै प्रभावित ३० देखी ३९ उमेर समूहका २ हजार ६१ जना रहेका छन् । २० देखी २९ उमेर समूहका १ हजार ९ सय ४९ जना थपिएका छन् । त्यस्तै ४० देखी ४९ उमेर समूहका १ हजार ६ सय जना रहेका छन् ।

हेर्नुहोस् विवरण :

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ज्यान गुमाउने २ सय १४ जना ले ज्यान गुमाए । योसँगै देशभर कूल मृतक संख्या संख्या ४ हजार ४ सय ६६ पुगेको छ । ती मध्ये सबै भन्दा धेरै प्रभावित ६० वर्ष माथिका रहेका छन् । ६० वर्ष माथिका उमेर समूहका २ हजार ५ सय ५६ जना रहेका छन् । ५० देखी ५९ उमेर समूहका ८ सय ५ जना रहेका छन् । त्यस्तै ४० देखी ४९ उमेर समूहका ५ सय ८० जना रहेका छन् ।

हेर्नुहोस् विवरण :

 

पछिल्लो २४ घण्टामा थपिएका मृतक नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरिएको शव समेत जोडिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ५५ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २ हजार ७ सय ३३ , भक्तपुरका ३ सय ४८ र ललितपुरका ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ रहेको छ ।

यसअघि बुधवार नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?