देउवा निवास बूढालिनकण्ठमा पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढालिनकण्ठमा जारी बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीयमा सकिनै लाग्दा सरकारको नेतृत्व गर्ने दाउमा रहेको कांग्रेसले अन्तिम प्रयास गरिरहेको छ ।

कांग्रेसलाई माओवादी केन्द्र र जसपाको उपेन्द्र बाबुराम पक्षले साथ दिएपनि महन्थ(राजेन्द्र पक्षले साथ नदिँदा सरकार गठनमा बाधा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?