सेन्सर बिनै नेपालमा रिलिज भयो सलमान खानको ‘राधे’, मन्त्रालयले दियो चेतावनी

लोकपथ
1.1k
Shares

काठमाडौं । आजदेखी रिलिज भएको बलिउड चलचित्र ‘राधे’ सेन्सर गरेर मात्र रिलिज गर्न सूचना, संचार तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले सेन्सर नगरी चलचित्र रिलिज गरिएमा कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने चेतावनीसमेत दिएको छ ।
‘राधे’ चलचित्रमा बलिउड नायक सलमान खान मुख्य भुमिकामा देखिएका छन् ।

‘राधे’ चलचित्रलाई नेपालमा गोपिकृष्ण मुभिज अन्र्तगतको ए एठ् कम्पनीले नेपाल भित्राएको हो । यो चलचित्र विभिन्न ओटीटी प्लेटफर्म र डिस होम, नेट टीभी लगायतमा रिलिज भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?