सलमान खानको ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डबाट हेर्न सकिने

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित ‘राधे’ प्रसारण गरेको छ ।

प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ ।

विद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हद सम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११ (एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ ।

ग्राहकहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्ने वा www.cleartv.com.np/mod बाट फिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?