राष्ट्रपतिले दिएको समय घर्किंदै : देउवा-प्रचण्डबीचको छलफलमा के भयो कुराकानी ?

लोकपथ
351
Shares

काठमाडौं – वैकल्पिक सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय घर्किँदै जाँदा शीर्ष नेताहरुको दौडधुप बढेको छ ।

यसैबीच नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच करिब आधा घण्टाको  छलफलपछि भर्खरै सकिएको छ। बैठकमा बहुमतीय सरकारको लागि अन्तिमसम्म पहल गर्ने विषयमा सहमति भएको स्रोतले बतायो ।

बहुमतीय सरकार गठनका लागि जनता समाजवादी पार्टीसँग कुरा गर्ने तयारीमा रहेको माओवादीले जसपाबाट ‘ग्रीन सिग्नल’ नपाएपछि कांग्रेससँग छलफल गरेको हो । कांग्रेस सभापति देउवासँग छलफलका लागि प्रचण्ड देउवा निवास बुढानिलकण्ठ गएका थिए ।

देउवा र दाहालको भेटपछि माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ भने कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?