निषेधाज्ञामा बाक्लो रुपमा सवारी चल्न थालेपछि अनुगमनका लागि सिडियो आए सडकमा

लोकपथ
429
Shares

काठमाडौं । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौंले बिहिवार सवारी अनुगमन गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीसहितको टोलीले सवारी आवागमनको स्थलगत निरीक्षण गरेको हो ।

No description available.

निषेधाज्ञामा काठमाडौंका सडकमा उल्लेख्य मात्रामा सवारी साधन सञ्चालन हुन थालेपछि सवारी पासको दुरुपयोगको अनुसन्धान गर्न टोली स्वयम्र सडकमा निस्किएको हो । अनुगमनको क्रममा सवारी पासको दुरुपयोग गरेको पाईएको महानगरिय प्रहरी परिषरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

No description available.

सवारी साधनहरुले अस्पतालको पास अगाडि राख्ने र भित्र अरुनै सामाग्री राखेर सुरक्षा निकायलाई झुक्याएको भेटिएको उनले बताए । उनले सुरक्षाकर्मीलाई झुक्याएर सवारी पासको दुरुपयोग गर्ने र अनावश्यक रुपमा आवागमन गर्नेहरुमाथि चेकजाँच गरी कारवाही गरिने बताए । उनले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाई गरिने बताए ।

No description available.
सुरक्षा निकायका अधिकारी सहितको जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, कोटेश्वर, नयाँबानेश्वर बबरमहल, सोह्खुट्टे लगायत स्थानको अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?