देउवासँगको भेटपछि प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि अध्यक्ष प्रचण्डले अपरान्ह ५ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक केहिबेरमा शुरु हुने स्रोतले जनाएको छ ।

गठबन्धन सरकार निर्माणको आज अन्तिम दिन हो । यसैक्रममा सबै दलहरु छलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?