युईएफए च्याम्पियन्स लिगको फाइनल पोर्टोमा हुने

काठमाडौं ।  युईएफए च्याम्पियन्स लिगको फाइनल खेल अब पोर्टोमा हुने भएको छ। इस्तानबुलको ‘आततुर्क स्टेडियम’मा हुने भनिएको खेल अब पोर्चुगलको पोर्टोमा हुने निश्चित भएको छ।

‘मे २९’ तारीखमा दुई इंग्लिश क्लब म्यानचेष्टर सिटी र चेल्सी बिच हुने फाइनल खेल पोर्टोमा हुने जानकारी बिहीवार ‘युईएफए’ले सार्वजनिक गरेको हो।

टर्कीको इस्तानबुलले सन् २०२० कै च्याम्पियन्स लिग फाइनल आयोजना गर्ने मौका पाएको थियो तर कोरोना भाइरसका कारण गत सिजनको अन्तिम चरणका सम्पूर्ण खेल पोर्चुगलमा सारिएका थिए।

कोभिड-१९ को कहर इस्तानबुलमा फेरि दिनहुँरूपमा बढ्न लागेपछि यस वर्ष पनि च्याम्पियन्स लिगको फाइनलको स्थान सारिएको छ।

पोर्टोको ‘स्टेडियो डो ड्रागाओ’ले अब म्यानचेष्टर सिटी र चेल्सी बिचको फाइनल खेल आयोजना गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?