म्यानमारमा ‘सैन्य कू’ पछि अवैध खानी उत्खनन् तीव्र वृद्धि

काठमाडौं । म्यानमारमा सैन्य कू भएपछि अवैधरुपमा खानी उत्खनन्मा तीव्र वृद्धि भएको छ । म्यानमारको उत्तरी कचिन राज्यमा अवैधरुपमा खानी उत्खनन्मा तीव्र वृद्धि भएको हो ।

म्यानमार सेनाले सन् २०२१ को फेब्रुअरी १ मा निर्वाचित सत्तालाई अपदस्थ गर्दै जनप्रतिनिधिहरुलाई नियन्त्रणमा लिँदै कू गरिएको थियो । गत नोभेम्बरमा भएको निर्वाचनमा सेना समर्थित जुन्ता दल पराजित भएपछि सेनाले सत्ता कब्जा गरेको हो ।

वातावरण अधिकारकर्मी समूहरुले म्यानमारमा विगतको तुलनामा सैन्य कू भएपछि पाँच गुणा बढी अवैध उत्खनन् भइरहेको जनाएका छन् । म्यानमारको कचिन राजयको पांगवा र चीपवी क्षेत्रमा अवैध उत्खनन् बढेको पाइएको हो ।

राजीतिक अस्थिरतासँगै चिनियाँ कामदारहरुले त्यस क्षेत्रका खानीहरुमा उत्खनन्लाई तीव्रता दिएका हुन् । म्यानमारमा चिनियाँ लगानीका कारखानाहरुहरुमा तोडफोड गरिएका छन् । म्यानमारको सैन्य कू मा चीनले सेनालाई समर्थन गरेको भन्दै प्रदर्शनकारीहरुले चिनियाँ लगानीका कारखानाहरुमा तोडफोड गर्न थालेका हुन् ।

यससँगै चिनियाँ लगानीका कारखानाहरुका कार्यरत कामदाहरुमाथि पनि आक्रमण गर्ने गरेका छन् । चिपवीस्थित एक अधिकारकर्मीहरुका अनुसार सैन्य कूपछि खानी क्षेत्रमा उत्खनन् १० देखि १५ गुणा बढी भइरहेको छ । त्यस क्षेत्रमा अनुगमन पनि अहिले नभएका कारण अवैध उत्खनन् बढेको उनको ठहर छ ।

उनले धमाधम अवैधरुपमा उत्खनन् गरिएका अमोनियम सल्फेट बोकेका ट्रकहरु जाने गरेका बताएका छन् । उनका अनुसार ती ट्रकहरुलाई सुरक्षा निकायले पनि चेकजाँच गर्न छोडेको छ । चिनियाँ अधिकारीहरुले कोरोना महामारी बढेसँगै सीमा नाका बन्द गरिएपछि हाल उक्त ट्रकहरु म्यानमारकै सीमा क्षेत्रमा रोकिएका छन् । ती ट्रकहरुलाई रोकेर एकैपटक सीमा क्षेत्र पार गराउने गरेकोसमेत जनाइएको छ ।

चीन दुर्लभ खानीजन्य पदार्थमा म्यानमारमा पूर्णरुपमा निर्भर रहेको छ । उक्त दुर्लभ खानीजन्य पदार्थका आयात गर्ने मुलुकहरुमध्ये चीन पहिलो नम्बरमा रहेको छ । सन् २०२० मा २३ प्रतिशतले उक्त खानीजन्य पदार्थको आयात बढेको छ । ३५ हजार ५०० टन खानीजन्य पदार्थके आयात बढेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?