कैलाली : हावाहुरीले रुख ढल्दा १ जनाको मृत्यु, केही घरका छाना उडायो

लोकपथ
7
Shares

काठमाडौं – कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एक जनाको मृत्यु भएको छ।

गएराति बर्षासँगै आएको हावाहुरीले ढालेको रुखले च्यापिएर टिकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हावाहुरीले कच्ची घरमाथि रुख ढल्दा च्यापिएर कामीको मृत्यु भएको हो।

हावाहुरीले कैलारी गाउँपालिका- ५ का अंकित बोहराको दुई कोठे एक तले टिनले छाएको घरको छाना उडाई क्षति पुर्‍याएको छ ।

उता कैलालीकै घोडाघोडी नगरपालिका-२ साँढेपानी बस्ने कनकबहादुर रोकायाको घरमा चट्याङ्ग लागि विद्युतको मिटरबक्स, वाईरिङ, तारहरु जलेर नष्ट भएको छ । हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युतका पोलमा क्षति गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे वृस्तित जानकारी आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?