राजेन्द्र महतो आफू पक्षका सांसदसहित भक्तपुरको एक रिसोर्टमा

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफू पक्षका सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा छलफलका लागि राखेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाटपछि नेता महतोले आफू पक्षका सांसदहरुसँग छलफल गर्न लागेका हुन् ।

बिहीवार दिउँसो पार्टी कार्यालय बबरमहलबाट सांसदहरुलाई रिसोर्टमा पुर्‍याएका हुन् ।

नयाँ सरकार गठनका लागि अहिले जसपा निर्णायक मानिएको छ । अध्यक्ष महन्थ ठाकुर र नेता महतो नयाँ सरकारमा नजाने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?