कैलालीमा हावाहुरीका कारण एक जनाको मृत्यु

लोकपथ
140
Shares

काठमाडौं । कैलालीमा बुधवार साँझ आएको हावाहुरी र बर्षाका कारण एक जनाको मृत्यु भएको छ । जिल्लाको टिकापुर १ एकतानगरमा हावाहुरीका कारण घरमाथी रुख ढल्दा ४० वर्षिय देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।

बुधवार राती करीब साढे ८ बजे कच्ची घरमाथी ढलेको रुखले च्यापीएर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक भरत चौधरीले जानकारी दिए ।

No description available.

यस्तै कैलालीको घोडाघोडी नगरपालीका साढेपानीमा कलक बहादुर रोकायाको घरमा चट्याङ्ग परेको छ । चट्याङ्गका कारण घरमा क्षती पुगेको छ । घरमा विद्युतीय मिटर बक्स, बाइरिङग सहितका सामानहरु बिग्रीएका र नष्ट भएका छन् ।

यस्तै कैलारी गाउँपालीका ५ मा अंकित बोहराले टिनले छाएको घरको छाना उडाएको छ । घरको छाना उडउँदा मानबिय क्षती नभएपनी घरमा राखिएको अन्नपात तरकारी लगायतमा ७० हजारको क्षती पुगेको प्रहरीले जनाइएको छ ।

हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा विद्युतका पोलमा क्षति गरेको हो। धनगढीमा पनी हावाहुरी र बर्षाका कारण बिभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । कैलारी गाउँपालिका वडा नम्बर ७ को भुँइयाफाँटा गाउँमा मात्र दर्जनौ घरमा हुरीले क्षति गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?