बालुवाटार जान मानेनन् नेपाल, ओलीसँगको भेटको प्रवन्ध बाहिरै मिलाइयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

आज बसेको पार्टी स्थायी कमिटी बैठकले नेता नेपालसहित ४ जनाको कारवाही फुकुवा गरेसँगै भेटघाट हुन लागेको हो ।

पार्टी एकता सुदृढिकरणका लागि भेटवार्ता तय गरिएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार भेटघाट आजै हुने भएपनि समय नतोकिएको र बालुवाटार बाहिरनै भेटघाटको प्रवन्ध मिलाइएको छ ।

‘पार्टी एकतालाई सुदृढ बनाउनका लागि आजको भेटघाट तय गरिएको हो । आज जसरी पनि भेटघाट हुन्छ तर बालुवाटार बाहिरका लागि भेटघाट तय गरिएको छ।’ उनले भने ।

यसो त यस अघि पनि ओलीले पार्टी विवाद चरम भएका बेला नेपाललाई छलफलका लागि बालुवाटार बोलाएपनि नेपालले बालुवाटार जान आनाकानी गरेका थिए । आज पनि नेपाललाई बालुवाटार नै बोलाइएको तर नेपाल जान नमानेपछि बाहिरै भेटघाटको व्यवस्था मिलाइएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?