४ नेताको कारवाही फुकुवापछि योगेश भट्टराईको प्रतिक्रिया यस्तो

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीले नेताहरुलाई गरेको कारवाही फुकुवा गरेर गल्ती सच्याएको बताएका छन् ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित नेता भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारवाही फुकुवा गरेको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा लैख्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले पार्टीले गल्ती सच्याएर राम्रो गरेको र अब कुरा गरेर सहमती गर्नुपर्ने बताए ।
उनले भने- ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?