प्रदेश २ मा भोलि सार्वजनिक बिदा

काठमाडौं । प्रदेश नम्बर २ को सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्वलाई मध्यनजर गर्दै भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ ।

बिहिवार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरुको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रवार प्रिदेश २ मा सार्वजनिक बिदाको घोषणा गरेको हुन् ।

उनले कोरोना महामारीलाई मध्यनजर गर्दै पोहोर झैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?