देउवा भेट्न बूढानिलकण्ठ पुगे राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् ।

केहीबेरअघि महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।

बहुमतको सरकार गठनमा सहभागी नहुने जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो अडान लिएका छन् ।
संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठन गर्ने समयावधी आजै सकिँदैछ । यसैबीच महतो सभापति देउवालाई भेट्नुलाई अर्थपूर्ण हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?